१ कार्तिक २०८३, शनिबार

अभिनेता कबिर बेदीले ७० वर्षको उमेरमा गरे चौथो बिहे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kabir-bedi

एजेन्सी । बलिउडका चर्चित अभिनेता कबिर बेदीले ७० वर्षको उमेरमा शनिबार चौथो बिहे गरेका छन् । ७० वर्षीय बेदीले ४१ वर्षीया प्रवीन दुसाँजसँग विवाह गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्लो दस वर्षदेखि सँगै बस्दै आएका उनीहरुले कबिरको जन्मदिन पारेर विवाहको घोषणा गरेका हुन् । कबिरले यसअघि तीनपटक विवाह गरिसकेका छन् ।

यो विवाह समारोहमा उनकी अभिनेत्री छोरी पुजा बेदी उपस्थित थिइनन् । तर, छोरा एदम बेदी भने उपस्थित थिए । साथै विवाह समारोहमा सहभागी अभिनेता गुलशन ग्रोवरले कबिरलाइ अझै १० वटा विहे गर्न शुभकामना दिए । गुलशन कबिरका २५ वर्ष देखिका साथी हुन् ।

विहेपछि कबिरकी श्रीमती प्रवीनले ट्विट गरेर विहेको फोटोहरु सार्वजनिक गरेकी छिन् ।

हिन्दी फिल्महरुमा चरित्र अभिनेताका रुपमा सक्रिय कबिरले इटाली र बेलायतका पनि केही फिल्म र टेलिफिल्ममा अभिनय गरेका छन् । सत्तरीको दशकमा बलिउडमा प्रवेश गरेका कबिरले असी र नब्बेको दसकका केही चर्चित फिल्ममा उनले अभिनय गरेका छन् ।

कबिर हालै प्रदर्शनमा आएको शाहरुख खानको फिल्म दिलवालेमा भिलेनको भुमिकामा देखिएका थिए ।

kabir-bedi-2kabir-bedi-1