
काठमाडौ, ३ माघ । सरकारले नेपाली सेनाका २७ जना उच्च अधिकारीको सरुवा गरेको छ ।
पाँच दिन पहिला बसेको मन्त्रिपरिषद बैठकले १६ जना महासेनानी (कर्णेल)सहित सेनाका २७ जना उच्च अधिकारीको सरुवा गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।
सरकारले सैनिक मुख्यालयको सिफारिसमा सैनिक अधिकारीहरुको सरुवा गरेको हो ।
को-कहाँ भए सरुवा (हेर्नुस् सूची)
भाईकृष्ण खत्री(महासेनानी) ग्यारिजन सम्र्पक निर्देशनालय ।
भरत खड्का(महासेनानी) सैनिक अस्पताल छाउनी ।
कुमारबावु थापा(महासेनानी) सैनिक सचिवको कार्यालय ।
कृष्ण भट्ट(महासेनानी) उपत्यका पृतनाको कार्यालय ।
नारायण ढकाल(महासेनानी) दिर्घकालिन योजना निर्देशनालय ।
पुरुषोत्तम ढकाल(महासेनानी) १८ नम्बर बाहिनी गाईघाट ।
सुनिल श्रेष्ठ(महासेनानी) मध्य पृतना हेटौडा ।
मदन केसी(महासेनानी) युद्धभैरव गण प्रमुख ।
जोनसोन खड्का(महासेनानी) सिंगनल निर्देशनालय ।
दिनेश केसी(महासेनानी) सम्भारथीको कार्यालय ।
यम सापकोटा(महासेनानी) सुदूरपश्चिम पृतना ।
आश बहादुर तामाङ(महासेनानी) विशेष सुरक्षा निर्देशनालय ।
चोक बहादुर ढकाल(महासेनानी) डिएमओ विभाग ।
प्रयोग राणा(महासेनानी) विरेन्द्र सैनिक तालिम केन्द्र पाँचखाल ।
अरुण पाल(महासेनानी) निरीक्षणाधिकृत कार्यालय ।
दिपक बाँनिया(महासेनानी) राष्ट्रिय सुरक्षा परिषद ।
सरुवा भएका अन्य ११ जना अधिकारीहरुमा सहसेनानीहरु रहेका छन् ।















प्रतिक्रिया