
ताइपेई (ताइवान), २ माघ । ताइवानको प्रमुख प्रतिपक्षी दल की नेत्री साई इङवेन यहाँको राष्ट्रपतिको निर्वाचनमा करिब ६० प्रतिशत मत प्राप्त गरी शनिबार निर्वाचित हुनुभएको छ । ताइवानमा उहाँ पहिलो महिला राष्ट्रपति पनि बन्नुभएको छ ।
निर्वाचिनमा चीनसँगको निकट सम्बन्ध चाहने वर्तमान सत्ताधारी दलले नराम्रो पराजय बेहोर्नु परेको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । ताइवान चीनबाट छुट्टिएको टापु देश हो ।
हामी निर्वाचनमा पराजित भएका छौँ, यसका लागि पार्टी अध्यक्षको नाताले म क्षमा प्रार्थी छु, कुओमिन्ताङ (केएमटी) अध्यक्ष एरिक चुले बताउनुभयो ।

चुले आँखाभरी आँशु पार्दै भन्नुभयो, हामीले मतदाताको इच्छा अनुसार कडा मेहनत गर्न नसकेका कारण चुनावमा असफल भएका छौँ । आगामी दिनमा आफ्ना गतिविधिलाई जनताप्रति अझ समर्पित गर्दै जनताको केमएटी प्रतिको मायालाई पुनः स्थापित गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
शाईका निकटतम प्रतिद्वन्द्वी उम्मेदवार चु केएमटीले जम्मा खसेको मतको ३० प्रतिशत मात्र मत प्राप्त गर्नुभएको छ ।
चुले शनिबारै निर्वाचन आफ्नो परिणामको जिम्मेवारी लिँदै आफ्नो पार्टीको अध्यक्षबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ ।
ताइवानी जनताले डीपीपी उम्मेदवार शाईलाई विजय बनाएका छन् । यसको हामी पूर्ण कदर गर्दै डीपीपीलाई बधाई ज्ञापन गर्दछौँ, चुले भन्नुभयो । यसमा केएमटी वा डीपीपीको विजयभन्दा पनि ताइवानी जनताको विजय भएको छ, चुले थप्नुभयो ।
ताइवानको वर्तमान सरकारले चीनसँग गरेको व्यापार सम्झौता सामान्य ताइवानी जनताको हितविपरित भएको भन्दै केएमटीलाई यस पूर्व मतदान गर्ने नागरिकले असन्तुष्टिस्वरुप प्रतिपक्षी दललाई मतदान गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
को हुन् साई इङवेन ?
हल्का कुप्रो काँध र नपत्याउँदो बानीव्यहोराकी टिसाई यसो हेर्दा बेइजिङका लागि केही न केही लाग्छिन् होला भनेजस्तो देखिन्छिन् । उनी ताइवानको भविष्य यहाँकै जनताले निर्धारण गर्ने बताउँछिन् । जुन वास्तवमा चीनका लागि ठाडो चुनौती हो । यतिखेर बेइजिङले उनको आगामी कदम के हुन्छ भनेर जान्न चाहेको छ । उनले जुन कुरा रहस्यमै राखेकी छन । धेरैजसो ताइवानीहरु उनलाई एकदम शान्त र चामत्कारिक शक्ति मान्ने गरेका छन् । जसका बारे अनुमान गर्न बडो मुस्किल हुन्छ । उनी आफूलाई चर्चाबाट टाढा रहन चाहने मानिसका रूपमा चिनाउन चाहन्छिन् । राजनीतिमा उनको शीघ्र र सफल आरोहणलाई विश्लेषकहरु अचम्मै मान्छन् ।

ताइवानकी पहिलो महिला राष्ट्रपति बनेकी उनी धेरैजसो एसियाली महिला नेतृजस्तो राजनीतिक परिवारबाट आएकी होइन् । उनका बाबुका ४ पत्नी थिए । उनी कान्छीपट्टकिी हुन् । उनका दाजुभाइ सबै गरेर ११ जना छन् । उनी खातापिता परिवारकै हुन् । उनका बाबु कार मर्मत व्यवसायमा निकै सफल भए । जग्गामा लगानी गरेर खुब पैसा कमाए । तर छोरी टिसाईलाई चाहि सार्वजनिक विद्यालयमा पढाए । उनको तर्क थियो, त्यहाँ बृहत् समाजसँग अन्तरक्रिया हुन्छ ।
टिसाईले जीवनका ३० वर्ष पढेरै बिताइन् । उनले लन्डन स्कुल अफ इकोनोमिक्सबाट पीएचडी गरेकी छन् । उनी कानुन विषयकी प्रोफेसर हुन् । विषयवस्तुको विशेषज्ञता र अंग्रेजीमा दख्खल उनी डब्लूटीओमा ताइवान प्रवेश गर्दाताका कानुन विशेषज्ञका रूपमा काम गर्न सफल भइन् । त्यहीबाट उनको सार्वजनिक जीवन सुरु भएको हो ।
पूर्वराष्ट्रपति ली टेङ हुईका लागि राष्ट्रिय सुरक्षा सल्लाहकार बन्दा उनले मुलुकका लागि परराष्ट्र नीति पनि मस्यौदा गरिन । जुन क्रममै उनले बेइजिङसँगको सम्बन्ध प्रष्ट पारेकी हुन् । यही कारण चीन रिसायो पनि । रासस/सिन्ह्वा















प्रतिक्रिया