
काठमाडौँ । चर्चित मोडल तिर्सना बुढाथोकीलाई काठमाडौँमा सम्मान गरिएको छ । राष्ट्रिय नागरिक समाज नामक गैरसरकारी संस्थाले शनिबार राजधानीमा विशेष कार्यक्रमका बीच मोडल बुढाथोकीलाई सम्मान गरेको हो ।
भूकम्पपीडित तथा अनाथ बालबालिकालाई सेवा गरेबापत समाजले बुढाथोकीलाई सम्मान गरेको हो । भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री चित्रबहादुर केसी, मन्त्रीहरु प्रेमबहादुर सिंह, शिवलाल थापा लगायतले उनलाई सम्मान गरेका थिए ।
‘बालबालिका र भूकम्पपीडितलाई सहयोग गर्दै आएको राष्ट्रिय नागरिक समाजमा म पनि आबद्ध छु,’ सम्मान ग्रहण गरेपछि तिर्सनाले दैनिक नेपालसँग भनिन् – ‘यो सम्मानले सामाजिक सेवामा लाग्न थप प्रेरणा मिलेको छ । भूकम्पपीडित र अनाथको सेवामा काम गर्दा मलाई हृदयदेखि नै खुसी मिल्छ ।’

उनले भनिन् – ‘उज्यालो नेपालमा आश्रित २७ जना अनाथ बालबालिकालाई चाहिने खाद्यान्न, लत्ताकपडा, शिक्षा लगायत अन्य सामाग्री मेरो विशेष सहयोगमा प्रदान गर्ने घोषणा गरेकी छु र आज पनि केही सामाग्री प्रदान गरेकी छु ।’

नेपाली ग्यालमर क्षेत्रको उदयीमान मोडल तिर्सना मोडलिङसँगै समाज सेवामा पनि उत्तिकै सक्रिय छिन् ।
















प्रतिक्रिया