
मुम्बई । बलिउड अभिनेता आमिर खानमाथि एउटा विवादास्पद आरोप लागेको छ ।
भारतको सत्तारुढ दल बीजेपीका नेता सुब्रमण्यम स्वामीले आमिर खानलाई विश्वकै खतरनाक आतंकवादी संगठन आईएसले सहयोग गरेको आरोप लगाएका हुन् ।
स्वामीले आमिर खान पाकिस्तानी खुफिया एजेन्ससँग निरन्तर सम्पर्कमा रहेको समेत बताएका छन् । उनले भने– आमिर खानले फिल्म ‘पीके’को प्रमोशनका लागि पाकिस्तानी खुफिया एजेन्सीको मद्दत लिएका थिए ।
भारतीय सञ्चारमाध्यमका अनुसार स्वामीले आमिरमाथि गम्भीर आरोप लगाउँदै भने– ‘आमिर खानले आफ्नो फिल्म पीकेको प्रचारका लागि पाकिस्तानका आईएसआईसँग उठबस गरेका थिए । त्यो रेकर्ड हामीसँग छ ।’
उनको यो बयानले बलिउडमा हंगामा मच्चिएको छ । विभिन्न कलाकारले टिकाटिप्पणी गरिरहेका छन् तर, अहिलेसम्म आमिर खानका तर्फबाट यो आरोपबारे कुनै प्रतिक्रिया आइसकेको छैन् ।
बीजेपीले फिल्म पीके प्रदर्शन हुने वित्तिकै विरोध गरेको थियो । फिल्ममा धर्मसम्बन्धि कथा उठाइएको थियो ।
आमिर खान मुसलमान भएकाले मुश्लिम धर्मको वकालत गर्दै युद्ध गरिरहेको आईएसले सहयोग गरेको हुनसक्ने अड्कलबाजी समेत बलिउड बजारमा गरिन थालिएको छ ।















प्रतिक्रिया