३० आश्विन २०८३, शुक्रबार

गुलरिया अस्पतालमा चार हजारले लिए प्रसूति सेवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bardiya-map

गुलरिया (बर्दिया), ३१ असार । बर्दियामा चार हजार महिलाले प्रसूति सेवा लिएका जिल्ला अस्पताल गुलरिया बर्दियाले जनाएको छ ।

यस आर्थिक वर्षमा, कालिका स्वास्थ्य चौकी र मोतीपुर स्वास्थ्य चौकी दुई ठाउँमा प्रसूति सेवाका लागि भवन निर्माण भएको छ । कालिका स्वास्थ्य चौकीका इञ्चार्ज शिव चौधरीका अनुसार कालिकामा ३५ जना महिलाले प्रसूति सेवा लिएका छन् ।

यसैगरी जिल्लाका विभिन्न १९ वटा स्वास्थ्य चौकीमा चार हजार महिलाले जेठसम्ममा प्रसूति सेवा लिएका जिल्ला अस्पतालकी पदमा श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबीच, बर्दिया जिल्ला अस्पताल गुलरियामा मात्र दुई जना डाक्टर रहेकाले जिल्लावासीले थप डाक्टरको माग गरेका छन् ।