२३ कार्तिक २०८३, सोमबार

चीनले नेपाललाई एसियाली पूर्वाधार विकास बैंकको बोर्ड सदस्यमा छान्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bishnu-Paudel
नेपालबाट सम्मेलनमा सहभागी अर्थमन्त्री विष्णू पौडेल

काठमाडौं, माघ २ । चीनको बेइजिङमा भईरहेको एसियाली पूर्वाधार विकास बैंकको सम्मेलनबाट नेपाल बैंकको सञ्चालक समितिको सदस्यमा छानिएको छ ।

सञ्चालक समितिमा एसियाबाट नौ देश र गैह्र क्षेत्रीय(एसियाबाहेक) देशबाट दुई गरी ११ देश बैंकको सञ्चालक समितिमा छानिएका हुन् ।

बेइजिङबाट अर्थमन्त्रालय सम्बद्ध अधिकारीहरुले दिएको जानकारी अनुसार एसियाबाट नेपालसहित चीन, यूएई, इन्डोनेसिया, अष्ट्रेलिया, रसिया, भारत, दक्षिण कोरिया र टर्की तथा एसियाबाहेकका मुलुकहरुबाट संयुक्त अधिराज्य बेलायत र जर्मनी एसियाली पूर्वाधार विकास बैंकको सञ्चालक समिति सदस्य रहेका छन् ।

Chinese President Xi Jinping arrives for the opening ceremony of the Asian Infrastructure Investment Bank (AIIB) in Beijing Saturday, Jan. 16, 2016. (AP Photo/Mark Schiefelbein, Pool)
चीनका राष्ट्रपति सि जिनपिङ बैंकको व्यानर अनावरण गर्दै

सम्मेलनमा सहभागी ५७ देशका मन्त्री तथा प्रतिनिधिहरुले संयुक्त रुपमा स्विच अन गरी बैंकको उदघाटन गरेका थिए । त्यसअघि चीनका राष्ट्रपति सि जि पिङले बैंकको व्यानरको अनावरण गर्नुभएको थियो ।

सम्मेलनलाई सम्बोधन गर्दै नेपालका अर्थमन्त्री विष्णू पौडेलले एसियाली पूर्वाधार विकास बैंंकमार्फत भौतिक आवश्यकता पूरा गर्दै सामाजिक, आर्थिक विकासका निम्ति नेपाल सक्रिय रुपमा सहभागी हुने बताउनुभयो । उहाँले नेपाल यो बैंकको गतिविधिमा सघन ढंगले सहभागी हुने उल्लेख गर्दै बैंकको स्थापनाले एसियाको विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नु भएको छ ।

यस्तो छ अर्थमन्त्री पौडेलले सम्मेलन प्रस्तुत गर्नुभएको मन्तव्य, तलको लिंकमा क्लिक गर्नुस्:

अर्थमन्त्री पौडेलको मन्तव्य: