
एजेन्सी । असहिष्णूताबारे दिएको बयानले आफ्नो सरकारको आलोचना गरेको भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक एक कलाकारसँग बदला लिइरहेका छन् ।
बलिउडका स्टार अभिनेता आमिर खानलाई ‘अतुल्य भारत’को ब्राण्ड एम्बेड्सरबाट हटाएर मोदी सरकारले बदला लियो, त्यसैगरी शाहरुखको खानको चर्चित फिल्म दिलवाले फ्लप भयो जसको पछाडी पनि मोदी सरकारकै अप्रत्यक्ष हात रहेको बताइन्छ । मोदीले आफ्ना पार्टीका भातृ संगठहरु परिचालन गरेर फिल्म प्रदर्शनमा विभिन्न ठाउँमा अवरोध गरेका थिए ।
सलमान खान पनि यसअघि नै मोदीको निशानामा परिसकेका छन् । यसैक्रममा बलिउडका दुई खान शाहरुख र सलमान फेरि मोदीको जालमा फसेका छन् । आफ्ना समर्थकमार्फत मोदीले शाहरुख र सलमानविरुद्ध अदालतमा मुद्दा दायर गराएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मोदीलाई समर्थन गर्ने उत्तर प्रदेशको मेरठ जिल्लाको अखिल भारतीय हिन्दू महासभाले अभिनेता शाहरुख र सलमानविरुद्ध धार्मिक भावनामा ठेस पुगाएको आरोपमा अदालतमा मुद्दा दायर गरेका छन् तर, अदालतले अहिलेसम्म मुद्दा दर्ता गरेको छैन् । मुद्दा दर्ताबारे सोमबार फैसला लिइने बताइएको छ ।
महासभाका पदाधिकारीहरुले शाहरुख र सलमानमाथि जुता लगाएर मन्दिर पसेको आरोप लगाएका छन् ।
२० डिसेम्बरमा कलर्स टेलिभिजनमा प्रसारित टेलिसिरियल बिग बोसमा सलमानसँग शाहरुख पनि देखिएका थिए । त्यहाँ करन–अर्जुन फिल्म जस्तै एक मन्दिरमा जुतासहित उत्रिएको देखाइएको थियो ।















प्रतिक्रिया