३० आश्विन २०८३, शुक्रबार

फुटबल मैदानमै नेपाल र भारतका खेलाडीबीच कुटाकुट, १५ जना खेलाडी घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Indiaभीमदत्तनगर, २ माघ । कञ्चनपुरको दक्षिण क्षेत्रमा पर्ने नेपाल– भारतको सीमा क्षेत्रको दसहीमा शुक्रबार दुई देशबीचका फुटबल खेलाडीबीच कुटाकुट भएको छ ।

घटनामा १५ जना खेलाडी घाइते भएका प्रहरीले जनाएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका–१ स्थित महाकाली युवा क्लब र भारतको लखिमपुर, दसहीका खेलाडीबीच फुटबल चलिरहँदा भएको विवादले उग्ररुप लिएपछि झडपको स्थिति सर्जना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

“खेल गराउँदै गरेका एम्पायरको निर्णयका विषयलाई लिएर दुई पक्षका खेलाडीबीच विवाद भएको हो,” जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थापाले भन्नुभयो – “सोही विषयलाई लिएर सामान्य हातपात भयो ।”

कुटपिटबाट दुवैतर्फका खेलाडीलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएपछि बेलौरीस्थित इलाका प्रहरी, त्रिभुवनबस्ती इलाका प्रहरी र भारतीय प्रहरी घटनास्थल पुगेर विवाद साम्य पारेको थियो । रासस