
काठमाडौं, २ माघ । युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले नेतृत्व गरेको मधेस सम्वाद तथा जागरण अभियानदेखि मधेसवादीका दल नेतादेखि कार्यकर्तासम्मलाई टाउको दुखाइको विषय बनेको छ।
विचारको राजनीतिबाट प्रतिस्पर्धा गर्नुको सट्टा सामाजिक सञ्जाल फेसबुकबाट पहारीलाई लखट्नेसम्मका मधेसवादी दलका नेता कार्यकर्ताको सन्देशले उनीहरु युवा संघको अभियानदेखि डराएको युवा संघका नेताहरुको दाबी छ ।
विहीबार जानी खान नामका मधेसवादी दलका एक जिल्लास्तरीय नेताले युवा संघका अध्यक्ष राजीव पहारीलाई लखेट्नेसम्मका सन्देश आफ्नो फेसबुकमा उल्लेख गरेका छन् ।
जहाँ लेखिएको छ- साथीहरु हो अहिले प्राप्त जानकारी अनुसार एमालेको भातृ संगठन युवा संघका अध्यक्ष राजीव पहारी जनकपुर आउने चेष्ठा गर्दैछन् र उनले मधेसलाई ठाउँ ठाउँमा भ्रम र मधेस र मधेसीलाई गालि गर्दैछन् । उनी आज ११ बजे एमालेको पार्टी कार्यालयमा प्रोग्राम गर्ने जानकारी आएको छ । सो को लागि हामी सबै एक भएर त्यसलाई लखेट्नुपर्छ । जय मधेस ।’
यो सन्देशपछि युवा संघले एक विज्ञप्ति जारी गर्दै कायरतापूर्ण अभिव्यक्ति भनेको छ । युवा संघका प्रवक्ता प्रभातविक्रम कटुवालले राष्ट्रियता र मधेसको अधिकारका लागि लडेका राजीव पहारीलाई लखेट्ने सपना नदेख्न मधेसवादी दलका नेता कार्यकर्तालाई चुनौति दिए । उनले भने– मधेसमा आफ्नो पत्ता साप हुने देखिएपछि लखेट्ने कुरा गर्दैछन् । यसको जवाफ मधेसकै युवाले दिनेछन् ।
प्रवक्ता कटुवालका अनुसार युवा संघको जागरण अभियानले मधेसको आन्दोलन एकदमै सिथिल अवस्थामा पुगेको छ । तराईका २२ मध्ये हालसम्म १९ जिल्लामा युवा संघले जागरण अभियान चलाइरहेको छ । दुई महिने अभियानले संविधानबारे फैलाइएको गलत प्रचार चिर्ने र मधेसका जनतालाई समेत बनाउने कार्य गरिरहेको छ ।
पहारीलाई लखेट्ने भनेपछि युवा संघ नेपालले जारी विज्ञप्ति जस्ताको तेस्तैः
तराइमा जनतालाई भ्रम छर्ने केही दलालहरुले युवा संघका अध्यक्ष राजिब पहारीलाई लखेट्ने योजना बनाएछन बिचरा ! राजिब पहारी युवासंघ को नेता मात्र हैन नेपाली युवा जगत ले सम्मान गर्ने नब नेपाल निर्माणमा स्पस्ट खाका बोकेका योजनाकार पनि हुन् । राजिब पहारीको चुलिदो व्यक्तित्वदेखि डराएर यस्तो गलत सूचना सामाजिक सन्देशमा जारि गर्नेलाई तत्काल कानुनी कठघरामा उभ्याउनु पर्दछ । राजिब पहारीमाथि धावा बोल्नेलाई अलिकति ख्याल होस कि हामी हजारौ युवाहरु राजिब पहारीको निमित्त र उहाँले बोकेको बिचारको लागि आफूलाई बलिदानी दिन तयार छौ । राजिब पहारी लगायतका साथीहरुले मधेश जागरण तथा सम्बाद अभियानमार्फत तराइका जनतालाई बजारमा चलेका भ्रम चिर्न सफल भै आज तराइको आन्दोलन सुन्य प्रायमा पुगेको, नाकामा एकजना नि आन्दोलनकारी नरहेको यथार्थताबाट आतिएर यस्तो प्रतिक्रिया ब्यक्त भएको सहजै अनुमान लगाउन सकिन्छ । राजिब पहारी नेपाल आमाको जिउदो सपुत हुन् र युवाहरुको मार्गदर्शक पनि ! तसर्थ युवासंघ को गतिबिधि सत्यता स्थापित गर्न हो कानुनी राज्यको पक्षमा हो र मानव अधिकारको प्रत्याभूतिका लागि हो । आज युवासंघका साथीहरु भित्री मधेससम्म अभियानको दौरानमा पुग्दा जनताबाट प्राप्त अपार मायालाई हामीले हाम्रो सम्पति सोचेका छौ ! तसर्थ नेपाली युवा आन्दोलनका शिखर व्यक्तित्वलाई लखेट्ने सपना कसैले नपाले हुन्छ त्यसको जवाफ मधेसी युवासहित समग्र युवा जगतले दिनेछ र राजिब पहारी र युवासंघको विचार र कार्यक्रमका लागि हामि हजारौ युवाहरु आफ्नो ज्यान उत्सर्ग गर्न तयार रहेको जानकारी गराउदछौ ! बिचारको लडाईबाट पराजितहरुको स्याल हुइया एक गैरराजनीतिक एबम प्रतिसोधको राजनीतिको अर्को रुप हो ! खबरदार बिखण्डनकारीहरु …
यस्तो छ मधेसवादी दलका नेताको सन्देश:













प्रतिक्रिया