१ कार्तिक २०८३, शनिबार

वर्कर्स पार्टीलाई सहयोग गर्ने विश्वविद्यालय १२ शिक्षक पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

इस्तानबुल (टर्की), २ माघ । टर्कीको प्रहरीले विभिन्न १२ शिक्षक तथा बुद्धिजीबीलाई विद्रोही कुर्दिस वर्कर्स पार्टीसँग युद्धबिरामको घोषणा गरेको आरोपमा शुक्रबार नियन्त्रणमा लिएको यहाँको राज्यद्वारा सञ्चालित आनादोलु समाचार संस्थाले जनाएको छ ।

उक्त संस्थाका अनुसार उनीहरूमाथि राज्यलाई अपमान गरी आतङ्ककारीको आन्दोलन अभियानलाई सहयोग गर्ने गरी युद्धबिराम गरेको प्रचारप्रसार गरेको आरोप छ ।

टर्कीको मार्मारा क्षेत्रमा अवस्थित पक्राउ पर्नेमा कोकाएली युनिभर्सिटीमा शिक्षण गर्दै आएका प्राध्यापक तथा उप–प्राध्यापक भएको प्राप्त समाचारमा जनाइएको छ ।

प्राप्त अर्को एक समाचारअुनसार प्रहरीले थप नौ जनालाई नियन्त्रणमा लिन खोजिगरिरहेको बताइएको छ ।

हामी अपराधको भागी हुने छैनौँ, भन्ने भावको एक शान्ति घोषणा सम्झौतामा आफूलाई विश्वविद्यालय शिक्षक बताउने करिब एक हजार चार सय स्वदेशी तथा केही विदेशी उपप्राध्यापकले एक दिन अघि दस्तखत गरेका बताइएको छ ।

युद्धबिरामका लागि गरिएको उक्त घोषणापत्रको भाव सरकारको नीति हिंसात्मक गतिविधि बढाउनमा उद्धत रहेको भन्ने छ । उनीहरूले टर्कीको दक्षिणपूर्वी क्षेत्रमा भइरहेको टर्कीको सुरक्षाकर्मी र विद्रोहीबीचको द्वन्द्व अन्त्य गर्नुपर्ने बताएका जनाइएको छ ।

सरकारले उक्त क्षेत्रमा आन्दोलनरत् कुर्दिस वर्कर्स पार्टीलाई गैरकानुनी राजनीतिक दलको रूपमा व्याख्या गर्दै आएको छ ।

गएको सोमबार टर्कीका राष्टपति रेसेप तैयप एर्डोगानले विश्वविद्यालयमा कार्यरत् शिक्षकलाई ‘देशद्रोही’ तथा टर्कीको राष्टिय सुरक्षामा चुनौती दिने विदेशी शक्तिको पाँचौँ ‘सैन्यदल’ भन्दै उनीहरूको कदमको विरोध गर्नुभएको थियो । सिन्ह्वा