३० आश्विन २०८३, शुक्रबार

बङ्गबन्धु गोल्डकप: एक खेल अगावै नेपाल सेमिफाइनलमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Football

काठमाडौँ, १ माघ । एक खेल अगावै नेपाल बङ्गलादेशमा जारी बङ्गबन्धु गोल्डकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

गत वर्षको विजेता मलेसिया समूह चरणको अन्तिम खेलमा आज श्रीलङ्कासँग २–१ ले पराजित भएपछि नेपाल सेमिफाइनलमा पुगेको हो ।

प्रतियोगिताअन्तर्गत समूह ’ए’ को दोस्रो अन्तिम लिग खेलमा श्रीलङ्काले मलेसियाको फेल्डालाई २–१ ले हराएपछि नेपालले यो उपलब्धि हात पारेको हो । नेपालसँगै आयोजक बङ्गलादेश पनि अन्तिम चारमा प्रवेश गर्न सफल भएको छ ।

नेपाल र आयोजक बङ्गलादेशबीच आजै साँझ हुने समूहको अन्तिम खेलले समूह विजेताको टुङ्गो लाग्नेछ । समूह ए मा रहेको नेपाल र बङ्गलादेशको समान चार/चार अङ्क छ । श्रीलङ्को ३ र मलेसियाको फोल्डा युनाइटेडको दुई अङ्का मात्र छ ।

नेपाल र बङ्गलादेशबीच आज साँझ हुने खेलले समूह एको विजेताको टुङ्गो लगाउनेछ । नेपाली समयानुसार समूहचरणको अन्तिम खेल साँझा ६ः१५ बजेबाट सुरु हुनेछ ।

यसअघि समूहचरणको पहिलो र दोस्रो खेलमा नेपालले क्रमशः मलेसियासँग गोलरहित बराबरी र श्रीलङ्कालाई १–० ले पराजित गरेको थियो । रासस