
काठमाडौं, १ माघ । अष्ट्रेलियामा जारी एकदिवसीय क्रिकेट म्याचको दोस्रो संस्करणमा शुक्रबार भारत घरेलु टोली अष्ट्रेलियासँग दोस्रोपटक ७ विकेटले पराजित भएको छ ।
पहिलो संस्करणमा भारत पाँच विकेटले पराजित भएको थियो
भारतसँगका दुबै म्याच जितेको अष्ट्रेलियाले श्रृखलमा २–०को अग्रता कायम गरेको छ । मेलवर्नस्थित ब्रिस्बन मैदानमा भएको खेलमा ३०९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४९ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।
अष्ट्रेलियाका लागि ब्याट्स्म्यानहरु एरोन फिन्चले ७१ शन मार्सले ७१, जर्ज बेलीले ७६ रन बनाए । स्टेभेन स्मिथले ४६ रन र २६ रन जोडे ।
यसअघि टस जितेर ब्याटीङमा उत्रिएको भारतले रोहित शर्माको १२४ रनसँगै निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर ३०८ रन बनाएको थियो ।
भारतका लागि अन्य ब्याट्सम्यानमा अजिणक्या रहानेले ८९, विराट कोहलीले ५९ र कप्तान महेन्द्र सिहं धोनीले ११ रन जोडेका थिए ।
पर्थमा भएको पहिलो एकदिवसीयमा भारत अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो । तेस्रो एकदिवसीय आइतबार मेलबर्नमा हुनेछ । अष्ट्रेलियाले लगातार दुई खेलमा हारको धुलो चटाएपछि भारतीय फ्यान निराश बनेका छन् ।















प्रतिक्रिया