
काठमाडौं, १ माघ । मधेसी मोर्चाको ११ बुँदामा सहमति खोज्ने प्रयास स्वरुप आज छ सदस्यीय कार्यदलको बैठक बस्ने भएको छ ।
काठमडौंमा बस्ने बैठकमा मधेसी मोर्चाले उठाएका मागलाई कसरी अगाडि बढाउने र सहमति खोज्ने भन्ने विषयमा प्रयास गरिने तराई मधेसद सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले जानकारी दिनुभयो ।
‘मधेसी मोर्चाका ११ बुँदामा कसरी सहमति हुन सक्छ त्यही विषयमा छलफल हुन्छ’, रायले भन्नुभयो, ‘हेरै के हुन्छ । हामी सम्वादका लागि सकारात्मक छौँ ।’
संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले राजनीतिक प्रतिवद्धताको संकटले मुलुकले निकास पाउन समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राजनीतिक इमान्दारिता नहुँदा यो समस्या आएको हो । निकास दिने इच्छा शक्ति हुने हो भने अहिले नै कुरा मिल्छ ।’
कार्यदलको बैठक बस्ने भनिए पनि समय तोकिएको छैन । यद्यपि बैठक अपरान्ह चार बजेपछि सिंहदरबारमा बस्ने तयारी गरिएको बुझिएको छ ।












प्रतिक्रिया