२३ कार्तिक २०८३, सोमबार

एमाले चरम मधेस बिरोध पार्टी : मधेसी मोर्चा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sarbendranath-sukla-forumकाठमाडौं, १ माघ । तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री तथा संसदीय दलका नेता शर्वेन्द्रनाथ शुक्लाले विभिन्न चरणमा वार्ता र सम्वादमा भइरहेपछि ठोस सहमति हुन नसकेकोमा चिन्ता जनाउनु भएको छ । उहाँले बाहिर पत्रपत्रिकामा आएका जस्तो कुनै सुधार नभएको बताउनुभयो ।

उहाँले एमाले मधेस विरोधी भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस पश्चाताम गर्न लागेको छ । एमाले मधेस विरोध रुपमा लागेको छ । कांग्रेस साँक्षी किनाराका रुपमा आएको छ ।

नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै महामन्त्री शुक्लाले कार्यदलमा कुराकानी र छलफलहरू भए पनि त्यसलाई ठोस निर्णय हुन नसकेको उल्लेख गर्नुभयो ।

भारतसँग सहमतिका लागि गरेको सहमति तथा नयाँदिल्लीमा बुझाएको तीन बुँदाका विषयमा मधेसी मोर्चासँग सरकारले स्पष्ट कुराकानी नगरेको उहाँले बताउनुभयो ।

‘भारतसँग एउटा कुरा गर्नुभएको छ । हामीसँग अर्को कुरा गर्नुभएको छ । उहाँहरूको नियतबाट धेरै प्रहार खेपी सकेका छौँ । भारतलाई बुझाएको तीन बुँदेको विषयमा स्पष्ट कुरा ओस्’, मधेसी मोर्चाका नेता शुक्लाले भन्नुभयो ।