२३ कार्तिक २०८३, सोमबार

मुलुकलाई सहकार्य र एकता गरेर निकास दिनुपर्छ : सभापति कोइराला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koiralaकाठमाडौं, १ माघ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले थारु समुदायको महान् चाड माघी र मगरलगायत अन्य समुदायले मनाउने माघे सङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

सभापति कोइरालाले आज विज्ञप्ति जारी गरी अलग अलग इतिहास र परम्परासँग आबद्ध यस्ता चाडपर्वले सम्बन्धित समुदायमा नयाँ उमङ्ग, हौसला र उत्साह प्रदान गर्दै अन्य समुदायसँग आत्मीय सम्बन्ध विकास गर्न पनि सघाउने उल्लेख गर्नुभएको हो ।

‘सङ्क्रमणकालको यस घडीमा देखिएका राजनीतिक र अन्य समस्या आपसी संवाद, सहकार्य, एकता, मेलमिलाप र सहमतिको माध्यमबाट समाधान हुनेमा म विश्वस्त छु’, विज्ञप्तिमा उल्लेख छ ।

उहाँले माघी पर्वले सबै नेपालीको बीचमा बन्धुत्व, सद्भाव, एकता र सहिष्णुता विकसित गर्दै मुलुकको राजनीतिक, आर्थिक, सामाजिक विकास र स्थायित्वका लागि समर्पित रहन सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभएको छ । रासस