२३ कार्तिक २०८३, सोमबार

मधेसमा आन्दोलनरत तमलोपाको कार्यालय राजधानीका युवाहरुको कब्जामा (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha-1

काठमाडौं, ३० पुस । तराईमा आन्दोलनरत मधेसी मोर्चाको एक घटक तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय राजधानीका युवाहरुको कब्जामा परेको छ ।

विहीबार विहान १० बजेदेखि राजधानीका युवाहरुले काठमाडौंको विजुलीबजारमा रहेको कार्यालय घेरा हालेर कब्जामा लिएका हुन् । स्वस्फूर्त रुपमा घेरा हाल्न विजुलीबजार पुगेका उनीहरुले आन्दोलन फिर्ता, वार्तालाई निष्कर्षमा पुर्याउ भन्दै नाराबाजी गरेका छन् ।

विजुली बजारका स्थानीय युवा तेजेन्द्र कटुवालले मधेसका जनताले सामान्य जीवन यापन गर्न पाउने अधिकार पाउनुपर्ने भन्दै नाकाबन्दी खोल्न र आन्दोलन फिर्ता लिन दबाब दिने उद्देश्य तमलोपाको केन्द्रीय कार्यालय घेराउ गरिएको बताए ।

‘बैठक बसिरहेका बेला झण्डै सय जनाभन्दा युवा साथीहरुले पार्टी कार्यालय घेरा हाले । त्यसमा मैले सहभागिता जनाए,’ उनले भने । उनका अनुसार अहिले प्रहरीले कार्यालयलाई सुरक्षा घेरामा राखेको छ । युवाहरु बाहिर नाराबाजी गरिरहेका छन् ।

‘हाम्रो नाराबाजी पछि कार्यालयबाहिर तीन/चार सय प्रहरी परिचालन गरिएको छ । युवाहरुको दबाब कार्यक्रमले सडक समेत अवरुद्ध जस्तै छ,’ कटुवालले भने ।

युवाहरुले तमलोपाका नेताहरुलाई वार्तालाई तत्काल निष्कर्षमा पुर्याउन आग्रह गरेका छन् ।

Tamalopa-2Tamalopa Tamalopa-1 Tamalopa-2