
काठमाडौं, ३० पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले राजगद्दी त्यागेयता विद्युत महशुल बुझाएका छैनन् ।
नेपाल विद्युत प्राधिकरणले पटक पटक ताकेता गर्दा पनि पूर्वराजा ज्ञानेन्द्रले आफ्नो स्वामित्वमा रहेको काठमाडौंको नागार्जुन बंगलाको विद्युत महशुल नबुझाएका हुन् । प्राधिकरणले ज्ञानेन्द्रबाट मात्रै करिब ७० लाख विद्युत महसुल लिन बाँकी छ ।
पूर्वराजा ज्ञानेन्द्रले आफ्नो स्वामित्वमा रहेको नागार्जुन बंगलाको १० वर्ष ७ महिनादेखिको विद्युत महसुस तिरेका छैनन् । यो अवधिको विद्युत महसुस झण्डै ७० लाख पुगेको छ । यो रकममा जरिवाना समेत जोडिएको छ ।
विद्युत प्राधिकरणका सहायक निर्देशक मुकुन्दमान चित्रकारले बक्यौता महशुलका लागि नागार्जुन बंगलामा सम्पर्क गर्दा त्यहाँका कर्मचारीले प्राधिकरणको पत्र नै नबुझेको बताए । उनले नागार्जुनले पत्र नबुझेपछि प्राधिकरणले पूर्वराजा बस्दै आएको निर्मल निवासमा ताकेता गरेको बताए ।
तर, पूर्वराजा ज्ञानेन्द्रका निजी सचिव सागर तिमिल्सिनाले तित्रकारलाई नागार्जुन बंगलाको महशुल निर्मल निवासले नभइ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तिर्ने जवाफ दिए फर्काएका छन् ।
प्राधिकरणको विद्युत वितरण नियमावलीमा निरन्तर दुई महिना महशुल नबुझाउनेको लाइन काटिदिने तथा लाइन काटेको ६ महिना वित्दा पनि बक्यौता नबुझाए मालपोत कार्यालयलाई पत्राचार गरेर घरजग्गा विक्रि रोक्का गर्ने र बक्यौता नबुझाउनेको तीन पुस्तेलाई नयाँ लाइन नदिने व्यवस्था छ । तर, नागार्जुन बंगलाको हकमा नियमावलीको व्यवस्था किन कार्यान्वयन भएको छैन् ।
ज्ञानेन्द्रले महसुल तिर्न नमानेपछि अब नेपाल विद्युत प्राधिकरणले नागार्जुन बंगलाको विद्युत महशुल असुल्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेख्ने तयारी गरेको छ ।












प्रतिक्रिया