२३ कार्तिक २०८३, सोमबार

मधेसी मोर्चाको माग कहिल्यै पुरा हुन्न्ः गच्छदार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bijay-Gachhadar1

विराटनगर, २९ पुस । उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री विजय गच्छदारले तराईमा दुई प्रदेश हुनै नसक्ने बताउनुभएको छ ।

बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री गच्छदारले तराई दुई प्रदेश हुनुपर्ने मधेसी मोर्चाको माग कहिल्यै पुरा नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो- ‘तराईमा २ प्रदेशको माग अतिवादी भएकाले व्यवहारिक हुन मधेशवादी दलहरूलाई आग्रह गर्दछु । त्यो माग कहिल्यै पुरा हुन्न् र हुनपनि दिन्न् ।’

तराईमा आन्दोलनरत मधेसी मोर्चाले झापा, मोरङ र सुनसरी प्रदेश नम्बर २ मा गाभ्नुपर्ने माग राख्दै आएको छ । यो मागबारे आफ्नो धारणा राख्दै गच्छदारले भन्नुभयो– यहाँका जनता प्रदेश २ मा मिसिनै चाहँदैनन् । कसैको जवर्जस्तीले हुँदैन । त्यो कहिल्यै पुरा पनि हुँदैन् ।’

उहाँले प्रमुख ठूला दल र आन्दोलनरत मधेसी मोर्चाले तराईमा तीन प्रदेशको विकल्प नमानेसम्म तराईमा देखिएको समस्या समाधान नहुने ठोकुवा गर्नुभयो । विराटनगरलाई राजधानी बनाउनेगरी आठौं प्रदेश बनाउने विषयमा सहमति गर्न मधेसीदलहरू र प्रमुख दलहरूलाई गच्छदारले आग्रह पनि गर्नुभयो ।