
– सुदीप अधिकारी
बर्दिया, २९ पुस । बर्दियामा एक बाबुले आफनै छोरीको हत्या गरेका छन् ।
बाँसगढी नगरपालिका – ७ संखरिया बस्ने वर्ष ३४ पूर्णबहादुुर राजीले आफ्नौ ५ वर्षीया छोरी खगिसरा राजीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । उनले मंगलबार साझ कुटपिट गरेर छोरीको हत्या गरेको डिएसपी नेत्रमणी गिरीले जानकारी दिए ।
कुटपिट गर्दा छोरी मरेपछि उनले आफ्नै घर अगाडी खेतमा छोरीको शव गाडेको प्रहरीले जनायो । ईलाका प्रहरी कार्यालय मोतिपुरको प्रहरी टोलीले शव फेला पारेको थियो । घटना लगत्तै प्रहरी पूर्णबहादुर राजीलाई पक्राउ गरेको छ । हत्याको कारण खुल्न सकेको छैन् ।
हत्यारा राजीलाई पक्राउ गरी गरी आवश्यक अनुसन्धान भईरहेको डिएसपी नेत्रमणी गिरीले बताए ।












प्रतिक्रिया