
काठमाडौं, २९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज लोकतान्त्रिक प्राध्यापक संघका पदाधिकारीहरुले प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरी विश्वविद्यालयहरुमा गरिने नियुक्तिहरुमा आफ्नो संघको समेत प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन् ।
संघका अध्यक्ष डा. उदय किशोर तिवारीको नेतृत्वको प्रतिनिधि मण्डलले विभिन्न विश्वविद्यालयहरु तथा विश्वविद्यालय अनुदान आयोगमा क्षमता र दक्षताका आधारमा पारदर्शी रुपमा पदाधिकारीहरु नियुक्ति गर्न तथा स्वच्छ रुपमा प्राज्ञिक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक कानूनी व्यबस्था मिलाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको प्रधानमन्न्त्री प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले ज्ञापनपत्र बुझ्दै विश्वविद्यालयहरु राजनीतिक भागबण्डाका आधारमा होइन, निश्पक्षता र प्राज्ञिक आधारमा सञ्चालन हुनुपर्ने पक्षमा आफू रहेको बताउनुभयो । प्रधानमन्त्रीले योग्यता, क्षमता र योगदानका आधारमा विश्वविद्यालयहरुमा नियुक्ति हुने विश्वास दिलाउँदै समान योग्यता हुनेहरुबीच पक्षपात नगरिने बताउनुृभयो ।
उहाँले, हाम्रो शिक्षा र हाम्रा शिक्षण संस्थाहरु गुणस्तरीय हुनुपर्छ भन्नुभयो । प्रधानमन्त्रीले जायज मागहरु पुरा हुन्छन् तर शिक्षण संस्थाहरु र अस्पताल जस्ता संस्थाहरुमा माग पूरा गराउने नाममा तालाबन्दी र बन्द हडताल जस्ता कामहरु गर्न नहुने र त्यस्ता कामहरु सरकारलाई सैह्य नहुने पनि बताउनुभयो ।












प्रतिक्रिया