काठमाडौं, २९ पुस । संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले कार्यदलमा भएका छलफलहरू उत्साहपूर्ण नरहेको टिप्पणी गर्नुभएको छ ।
श्रेष्ठ र रायले मधेसी मोर्चाले अगाडि सारेका ११ बुँदे मागका विषयमा सरकारी पक्ष स्पष्ट रुपमा नआएको बताउनुभयो । ‘सरकारले ११ बुँदेप्रति कुनै ठोस चासो देखाएन’, उहाँहरूले आज बिहान नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलसाँग कुरागर्दै भन्नुभयो, ‘तपाईहरू पहिला गृहकार्य गरेर आउनुस् भनेका छौँ ।’
मंगलबारको बैठकमा एमालेका तर्फबाट कार्यदलमा प्रतिनिधित्व गर्नुहुने रक्षामन्त्री भीम रावल आउनु भएन् । उहाँ व्यस्तताका कारण बैठकमा नआउनु भएको जनाइएको छ ।
तर मधेसी मोर्चाले एमालेले एमाले र एमाओवादीले ११ बुँदे र मधेस आन्दोलनलाई यत्तिकै तहाउने खेलमा लागेको आरोप लगाएको छ ।
सहमति गर्ने भनेर बनाइएको छ सदस्यीय कार्यदलले वार्ता र सम्वाद गर्दै आएपनि ठोस निर्णय दिन सकेको छैन ।












प्रतिक्रिया