
काठमाडौं, २८ पुस । भोलि बुधबारका लागि आह्वान गरिएको संसदको बैठक माघ पहिलो सातासम्मका लागि स्थगित भएको छ ।
संसद सचिवालयले आज सूचना टाँस गरेर माघ ५ गते दिउँसो १ बजेसम्मका लािग बैठक स्थगित गरेको हो । संसदमा संविधानसम्बन्धी संशोधन विधेयक र पुरक संशोध प्रस्तावमाथि छलफल हुने कार्यक्रम थियो ।
अब संविधान संशोधन विधेयकमा माघ ५ गते बस्ने बैठकमा छलफल हुनेछ । संसदको बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको थियो ।
सभामुख ओनसरी घर्ती आफ्ना बिरामी पति वर्षमान पुनलाई भेट्न बैँकक जानु भएको छ । उहाँ अब केही दिन उतै बस्ने स्रोतले जनाएको छ ।












प्रतिक्रिया