काठमाडौं, २८ पुस । राजधानीमा प्रथम टि–ट्वान्टी युथ क्रिकेट लिग प्रतियोगिता सुरु भएको छ ।
मंगलबार सञ्चारमन्त्री शेरधन राईले त्रिवि क्रिकेट मैदानमा प्रतियोगिताको उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै मन्त्री राईले युवा पुस्तालाई खेल क्षेत्रमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
युवा संघ नेपाल केन्द्रीय खेलकुद विभागले आयोजना गरेको प्रतियोगिता देशभरका १६ वटा युवा टिमको सहभागिता रहेको युवा संघ केन्द्रीय विभागका सदस्य सञ्जीव रोकाले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन समारोहमा ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, क्यान तदर्थ समितिका अध्यक्ष रमेश सिलवाल, क्यानका सिइओ भावना घिमिरे र युवा संघका अध्यक्ष राजीव पहारीले प्रतिस्पर्धी सबै टिमलाई उत्कृष्ट प्रदर्शनको शुभकामना दिनुभएको थियो ।
प्रतियोगिताको विजेताले एक लाख पाउनेछ । प्रतियोगितामा प्रमुख चार वटा टिमलाई पनि पुरस्कार दिइने आयोजकले जनाएको छ ।
















प्रतिक्रिया