
काठमाडौं, २८ पुस । अमेरिकामा बन्दुक नियन्त्रण योजना सार्वजनिक कार्यक्रममा अमेरिकी राष्ट्रपति बराक ओबामाले झारेको आशु नक्कली भएको दाबी गरिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ५ जनवरीमा सार्वजनिक मञ्चमै ओबामा रोएको देखिएका थिए, त्यो बेला उनी बन्दुक नियन्त्रण योजनाबारे भाषण दिइरहेका थिए । तर, अहिले प्राप्त समाचार अनुसार ओबामा साच्चिकै रोएका थिएनन् बरु उनले आशु निकाल्नका लागि प्याजको प्रयोग गरेका थिए ।
यो दाबी अमेरिका टेलिभिजन च्यानल फोक्स न्यूजले गरेको हो । भाषणमा ओबामाले तीन वर्षपहिले कनेक्टिकटको न्यू टाउनमा फायरिंगमा २० बालबालिकाको मृत्युबारे बोलिरहेका थिए । त्यही बेला उनी रोएका थिए । तर, फोक्स न्यूजका राजनीतिक विश्लेषक एंड्रिया टैंटारोसले भने ओबामाले प्याज प्रयोग गरेर आशु निकालेको दाबी गरेका हुन् ।
भाषणको क्रममा ओबामाले काचो प्याज र जोनसन बेबी स्याम्पू प्रयोग गरेको हुनसक्ने जनाइएको छ । राष्ट्रपति ओबामा बन्दुक नियन्त्रणको उपायका विषयमा भाषण गर्ने क्रममा आफ्नो निकै भावुक बन्दै रोएका थिए । सो कार्यक्रममा ओबामाले बन्दुक बिक्री गर्दा ग्राहकको पृष्ठभूमि अनिवार्य रुपमा जाँच गर्नुपर्ने बताएका थिए ।















प्रतिक्रिया