
पोखरा, २८ पुस । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले ७ प्रदेशको सीमांकन परिमार्जन भए देशमा आगो बल्ने चेतावनी दिएका छन् ।
प्रेस चौतारी कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री खनालले सीमाङ्कन परिमार्जन गर्ने नाममा पूर्वको २ नम्बर प्रदेशलाई झापासम्म र पश्चिम ६ नम्बर प्रदेशलाई कञ्चनपुरसम्म तन्काइयो भने देशमा आगो बल्ने चेतावनी दिए ।
आन्दोलनरत दललाई चित्त बुझाउने नाममा जबरजस्ती अन्य क्षेत्रको अधिकार खोस्न नहुने उनको जोड थियो ।
यसैगरी नेता खनालले अबको सीमांकनमा ५ प्रदेश बनाउन आफूले पहल गर्ने बताए । उनले भने– ‘५ प्रदेश बनाउनुपर्छ भन्नेमा म दृढ छु । तर, मैले मात्र भनेर नहुने हुँदा ७ प्रदेश स्वीकारेको हुँ, अब पुनः सीमाङ्कन गर्दा ५ प्रदेश बनाउन पहल गर्छु ।’ एकथरीले प्रदेश बढाउने र अर्कोथरीले प्रदेश घटाउनुपर्ने तर्क गरिरहेको भन्दै उनले अहिलेको अवस्थामा ५ प्रदेश नै उपयुक्त हुने बताए ।












प्रतिक्रिया