– सन्तोष कुुमार
सिरहा, २८ पुस । डा. बाबुुराम भट्टराई नेतृत्वको नयाँ शक्तिका अभियन्ता रामचन्द्र झाले चुुनावमा निर्वाचित प्रतिनिधिले पनि राम्रोसँग काम गर्न नसके जनताले फिर्ता बोलाउन सकिने खालको लोकतन्त्र आवश्यक भएको बताएका छन् ।
सिरहाको लहानमा सोमबार अभियानद्धारा आयोजित ‘मधेस मुक्ति आन्दोलन र नयाँ शक्तिबीच अन्तरसम्बन्ध’ विषयक गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भने, ‘यो देशलाई सहभागिता मूूलक लोकतन्त्र चाहिएको छ । जुुन लोकतन्त्रमा जनताको भावना विपरित निर्वाचित प्रतिनिधि (साँसद)ले पनि आफूूखुसी कुुनै कार्य गर्न सक्दैन् ।’
पूूर्व स्थानीय विकास मन्त्री समेत रह्नुुभएको अभियन्ता झाले सहभागीता मूूलक लोकतन्त्र नभएकै कारण जनताको मतको दुुरुपयोग गरेर नेताहरुले आफ्नै श्रीमतीलाई साँसद बनाएको बताए । उनले मधेसी नेताहरु अनिल झा, राजेन्द्र महतो जस्ता व्यक्तिहरुले श्रीमतिलाई साँसद बनाएर जनताको अमूूल्य मतको दुुरुपयोग गरेको भने ।
अभियन्ता झाले भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीलाई कारबाहीको कुुरा उठ्दा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो लगायत देशका ४÷५ व्यक्तिलाई मात्र सबभन्दा बढी टाउँको दुुखाई हुन थालेको बताए । उनले भने, ‘विजय गच्छदार र राजेन्द्र महतो जस्ता केही व्यक्ति भ्रष्टाचारमै आफ्नो जीवन चाहेका छन् । उनीहरुले भ्रष्टाचार गर्न पाउने खालको लोकतन्त्रलाई आवश्यक ठानेका छन् । तर अब हामीले त्यस्तो हुुन दिदैनौं । त्यसैले नयाँ शक्तिलाई देखेर एउटा तरंग पैदा भएको छ ।’
अभियन्ता झाले एक साताभित्रै ‘निर्माण अभियान’ काटेर नयाँ शक्ति नेपाल नामको पार्टी घोषणा गर्न लागेको पनि बताए । उनले आन्तरिक तयारी जारी रहेको बताउँदै तत्काल नयाँ शक्ति नेपाल नामक पार्टी घोषणा गर्ने र अधिवेशन भएपछि पार्टीको नाम फेर्न सकिने पनि बताए ।
यता, संयुुक्त मधेसी मोर्चाले डा. बाबुराम भट्टराई पहाडी बताउँदै उनको नेतृत्वको नयाँ शक्ति निर्माण अभियानको कार्यक्रम विथोल्ने प्रयास गरेका थिए । तर अभियानका अगुुवाहरुले मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई लखेटी कार्यक्रम सम्पन्न गरेका थिए ।












प्रतिक्रिया