काठमाडौं, २८ पुस । मधेसी मोर्चाका मागका विषयमा छलफल गर्दै आएको छ सदस्यीय कार्यदलको बैठक आज बस्ने तयारी भएको छ । बैठक सिंहदरबारमा बस्ने तयारी गरिएको छ ।
बैठकमा मधेसी मोर्चाले अगाडि सारेको ११ बुँदे मागका विषयमा छलफल हुनेछ । तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायका अनुसार आजको बैठकमा समग्र विषयमा छलफल हुने बताउनुभयो ।
बैठकको समय तय भइसकेको छैन । तर कार्यदलका सदस्यहरूले बैठकमा छलफल हुने विषयमा आन्तरिक परामर्श भने गरेका छन् ।
यसअघि सोमबार बस्ने भनिएको बैठक कार्यदलका सदस्य उपप्रधानमन्त्री भीम रावलको व्यस्तताका कारण बस्न सकेको थिएन ।












प्रतिक्रिया