
काठमाडौं, २८ पुस । यस वर्षको फिफा वर्ष खेलाडीको उपाधि विश्व स्टार तथा स्पनेनिस क्लब बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले जितेका छन् ।
सोमबार राति गरिएको घोषणामा मेस्सीले २२ सय भन्दा भोटसहित पाँचौ पटक फिफा वर्ष खेलाडी बन्न सफल भएका हुन् ।
उनले आफ्नै क्लबका सहकर्मी नेयमार र रियल मड्रिडका स्ट्राईकर क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका थिए । रोनाल्डो झण्डै पाँच सय भोटले पछि परेका हुन् ।
सन् २०१५ को बालुल डिओर उपाधि जित्ने क्रममा मेसीले ४१.४३ प्रतिशत भोट पाएका थिए भने उनका प्रतिस्पर्धी रोनाल्डोले २७.७६ प्रतिशत र नेइमारले ७.८६ प्रतिशत भोट पाएका थिए ।
बार्सिलोनाका लागि गत १२ महिनाभित्रमा युइएफए च्याम्पियन्स लिगसहित पाँचवटा उपाधि जिताउने एक निर्णायक खेलाडी थिए मेस्सी ।
उनले एकै क्यालेन्डर वर्षमा बार्सिलोना र अर्जेन्टिनाका ६१ खेल खेल्दै ५२ गोल गरेका थिए । जुन रोनाल्डोको भन्दा ५ गोलले कम हो । तर, उनले बार्सिलोनालाई एकै सिजनामा पाँचवटा उपाधि दिलाउँदा हरेक निर्णाय खेलमा गोल गर्न सफल भएका थिए ।
२७ वर्षीय मेसी सन् २००९ मा पहिलो पटक फिफा वर्ष खेलाडी भएका थिए । त्यसपछि उनी सन् २०१०, ११ र १२ मा लगातार वर्ष खेलाडी भए । सन् २०१३ र १४ मा भने उनलाई समकालिन प्रतिस्पर्धी रोनाल्डोले पछि पार्दै फिफा वर्ष खेलाडी बने ।
उपाधि जितेपछि उनले पाँचौ पटक फिफा वर्ष खेलाडी बन्न पाउनु आफ्ना लागि जीवनको अविष्मरणीय क्षण भएको बताए । ‘यो मेरा जीवनका लागि महत्वपूर्ण क्षण हो’, उनले भने, ‘दर्शकहरुले दुई वर्ष रोनाल्डोको हातमा यो अवार्ड गएको देख्नुभएको थियो, पाँचौ पटक मेरो हातमा आइपुग्दा खुसी लागेको छ ।’



















प्रतिक्रिया