काठमाडौँ, ३० असार । विशेष अदालतमा लागुऔषध कारोबारको मुद्दा खेपिरहेका चक्रे मिलन सम्पत्ति शुद्धीकरणसम्बन्धी अर्को एक मुद्दामा सोमबार विशेष अदालतमा जेथा जमानीमा रिहा भएका छन् ।
केन्द्रीय कारागार काठमाडौँमा थुनामा रहेका अभियुक्त चक्रेसँग सात करोड आठ लाख १५ हजार बराबरको सम्पति अवैध रहेको भन्दै सम्पत्ति शुद्धीकरण विभागले २०७० जेठ ५ मा उक्त अदालतमा अर्को मुद्दा दायर गरेको थियो ।
तनहुँ जिल्ला व्यास नगरपालिकास्थित आफन्तको घरसहित १४ रोपनी जग्गा धरौटी राखेकाले तारेखमा रही मुद्दाको किनारा लगाउन अदालतले आदेश दिएको रजिष्ट्रार नातीबाबु लामिछानेले जानकारी दिनुभयो ।
यसअघि उक्त अदालतले अभियुक्त चक्रेलाई एक करोड बराबरको जमानत पेस गर्न दिएको आदेश पूरा गर्न नसकेकाले निजलाई थुनामा पठाइएको थियो ।
















प्रतिक्रिया