काठमाडौँ, ३० असार । प्रेस काउन्सिल नेपालले सुनसरी जिल्लाबाट प्रकाशन हुने ‘महाप्रतिवाद’ साप्ताहिक पत्रिकाको यही असार २० गतेको अङ्कमा प्रकाशित प्रधानमन्त्रीसम्बन्धी समाचार सामग्रीबारे क्षमायाचनासहित खण्डन प्रकाशन गर्न पत्रिकाका सम्पादकलाई निर्देशन दिने निर्णय गरेको छ ।
काउन्सिल उपसमितिको बैठकले यस्ता संवेदनशील विषयमा पछि पनि हचुवापूर्ण समाचार प्रकाशन गरेमा कडा कारबाही गरिने चेतावनी दिँदै काउन्सिलले अबउप्रान्त यस्ता अमर्यादित सामग्री प्रकाशन नगर्न आग्रह गरेको काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले जारी आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस
















प्रतिक्रिया