१ कार्तिक २०८३, शनिबार

तातो हावाका कारण एघार जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

capetownguideकेपटाउन (दक्षिण अफ्रिका), २७ पुस । तातो वायुका कारण दक्षिण अफ्रिकामा हालै ११ जनाको मृत्यु भएको छ । तातो वायुका कारण दर्जनौँ मानिस बिरामी परेपछि उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

तातो वायुका कारण मृत्यु हुनेमा खासगरी २२ देखि ५८ वर्ष उमेरमा मानिस रहेको उत्तरपश्चिमी प्रान्तका प्रान्तीय स्वास्थ्य विभागका प्रवक्ता टेबोगो लेकगेथवेनले बताउनुभयो ।

लगातार तातो वायुको प्रभावबाट मानिस र जनावरको मृत्यु हुन थालेपछि उत्तरपश्चिमी प्रान्तलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ । सुख्खाग्रस्त उक्त क्षेत्रमा तातो हावाका कारण बालीमा समेत असर पर्न थालेको बताइएको छ ।

तातो वायुको असर अफ्रिकाको अन्य प्रान्तमा पनि विस्तारै फैलिन सुरु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिन्हवा