
काठमाडौं, २६ पुस । दोस्रो विश्व युद्धमा दुनियाले एक पटक परमाणु बमको सामना गरिसकेको छ ।
मात्र दुई वटा परमाण बमले लाखौँ व्यक्तिको ज्यान गएको थियो । र जापानलाई दशकौँसम्म परमाणु बमबाट सम्बन्धित विभिन्न समस्याहरू झेल्नु परेको थियो ।
अहिलेसम्म कुन पनि देश वा लडाइँमा हाइड्रोजन बमको प्रयोग भएको छैन । यसको एक मात्रै कारण हो कि यो हतियार जनसंहारक र धेरै विनाशक हुन्छ ।
तर तीन दिन अगाडि उत्तर कोरियाले हाइड्रजन बमको परीक्षण गरेर विश्वको ध्यान आफूतर्फ खिच्न पुगेको छ । हाइड्रोजन बमको परीक्षणसँग उत्तर कोरियाको आलोचना भएका छन् । विशेष गरेर हाइड्रोजन परीक्षणपछि अमेरिका, जापा र दक्षिण कोरियाले छिटो विरोध गरेका छन् । उनीहरू उत्तर कोरियाको कार्यशैलीबाट चिन्तित छन् ।
अमेरिकाले उत्तर कोरियाबिरुद्ध नाका बन्दी लगाउँदै आएको छ । अमेरिकाले उत्तर कोरियाविरुद्ध नाकाबन्दी गर्न र घेरामा राख्न जापान र दक्षिण कोरियामा आफ्ना सेना राखेको छ । त्यसैले अमेरिका यो हाइड्रोजन बम आफूमाथि प्रहार हुन सक्नेमा चिन्तित छ ।
उत्तर कोरियाको आलोचना भएपनि उसले बनाएको हाइड्रोजन बमका बारेमा अनेकौ जिज्ञासा आएका छन् । यो हाइड्रोजन बम के हो र यसको मार हान्ने क्षमता कति हुन्छ यसको सामान्य जानकारी दिन खोजिएको छ ।
हिरोशिमा र नागासाकीमा खसालिएको बम, परमाणु बम थियो । तर अहिलेसम्म हाइड्रोजन बमको उपयोग कहिल्यै भएको छैन । हाइड्रोजन बमबाट निस्कने उर्जा परमाणु बमबाट निस्कने उर्जाभन्दा हजार गुणा अधिक हुन्छ । यसको एउटा बिष्फोटनबाट थुप्रै शहर एकसाथ नष्ट हुने क्षमता राख्छ ।
कुनै पनि हाइड्रोजन या थर्मोन्यूक्लियर उपकरण श्रृङ्खला अभिक्रियामा संलयनमा प्रयोग गरिन्छ । जसले प्लूटोनियम या यूरेनियमबाट हुने विखण्डन विष्फोटको तुलनामा अत्याधिक र धेरै शक्तिशाली विष्फोटन हुन्छ । हाइड्रोजन बममा हाइड्रोजनको एटम आसपासमा जोडिएको हुन्छ । त्यही भएर उसको नाम हाइड्रोजन बम राखिएको हो ।
परमाणु बममा यूरेनियम या प्लूटोनियम जस्ता भारी तत्वको नाभिक हल्का नाभिकमा अलग हुन्छन् । यसले यो उर्जा निस्कन्छ । त्यसले गर्दा पनि यो धेरै विध्वंसकारी हुन्छ । यो उर्जाको प्रयोग गर्न हाइड्रोजन बमले काम गर्न सुरू गर्छ । नाभिकीय संलयनको यस प्रक्रियामा हल्का तत्वको नाभिक जोडिन्छ जसले अधिक उर्जा निस्कन्छ ।
कति विनाशकारी छ हाइड्रोजन बम ?
हाइड्रोजन बमलाई सानो आकारमा बनाउन सजिलो छ । त्यही भएर यसलाई मिसाइलमा राख्न पनि सकिन्छ । परमाणु बममा उच्च स्तरको रेडिएशन हुन्छ । तर हाइड्रोजन बममा हजारौँ गुणाको आकारमा निर्भर हुन सक्छ । जति ठूलो हाइड्रोजन बम हुन्छ उनको मार हान्ने क्षमता पनि अधिक हुन्छ ।
२० किलोटन परमाणु विष्फोटबाट करीब आधा किलोमिटर चौडाइ आगोको गोला बन्न सक्छ । १ दशमलव ६ किलोमिटरको दायरा तत्काल घातक रेडिएशनको प्रभावमा आइहाल्छ ।
यसका साथै करीब पाँच किलोमिटरको दायरमा घातक शक वेव फैलिएर नोक्सानी पुगाउँछ । २० किलोटनको अर्थ हो २० हजार टीएनटीको एकैसाथ धमाका हुनु । यही संख्यामा हिरोशिमामा धमाका भएको थियो ।
५४ मेगा टन (५.४० करोड टीएनटीको धमाका) हाइड्रोजन बमको धमाका करीब १६ किलोमिटर चौडाइसम्मको आगोको गोला बनाउन सक्छ । घातक रेडिएशनको असर तत्काल १२.८ किलोमिटरदेखि १९ किलोमिटरसम्म हुन्छ । धमाका सयौँ वर्गा किलोमिटर इलाकासम्म राखिएका इलेक्टोनिक उपकरणहरूलाई उडाइ दिन सक्छ । (एजेन्सीको सहयोगमा)















प्रतिक्रिया