१ कार्तिक २०८३, शनिबार

किन रोएका थिए गायक जय देवकोटा स्टुडियोभित्रै ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जय देवकोटा, गायक
जय देवकोटा, गायक

बिरानो यो माटोले नि, हृदयलाई छुँदै छुन्न,
अरुको लाख आमाको काख बराबरी हुँदै हुन्न,
गहभरि आँशु झारी नरुनु है मेरी आमा,
फर्की छिट्टै आउँदै छु म, हजुरको चरणमा

यी शब्दलाई उनै गायक जय देवकोटाले स्वर दिएर लयबद्ध गराएका हुन् । राष्ट्रिय, सदाबहार, लोक तथा दोहरी गीतमा स्वर दिँदै आएका जयले यो गीतमा मिहेनत गरेका छन् । गीत अत्यन्तै सुमधुर बनेको छ । ‘यो गीत गाउदा ममा खै ! कता हो कताबाट फिलिङ् आयो’, उनले भने, ‘आमा भन्ने शब्दनै महान छ । प्यारो छ ।’ उनले अगाडि भने, ‘यो गीत गाउँदा स्टुडियोभित्र मेरा आँखै रसाएका थिए ।’

यो गीतको शब्द अमेरिकामा बस्दै आएका हस्त गौतम ‘मृदुल’ले लेखेका हुन् । हस्त राम्रा साहित्यकार हुन् । उनका थुप्रै रचनामध्ये यो गीतको शब्द उत्कृष्ठमा पर्ने स्वयंम गौतम आफै बताउँछन् ।

गीतको सुरूको उठान सुनुसुनु लाग्नेछ । गायक देवकोटा पनि गीतको लय, शब्द र एरेञ्जबाट सुन्तुष्ट छन् । ‘गीतको सबै पक्ष सबल बनेको छ’, उनले भने, ‘यस्तो गीतलाई संरक्षण गर्नुपर्छ । समाजलाई आवश्यक पर्न सक्छ ।’ आलाप रेकर्डिङ स्टुडियोमा रेडर्क गरिएको यो गीतको संगीत र एरेञ्ज सञ्जय श्रीपालले गरेका हुन् ।

हुन पनि गीतको सुरूकै उठानले मनै चसक्क छुन्छ । विदेशमा बसेको छोराले नेपालमा रहेकी आफ्नी आमालाई सम्झन्छ । अनि त्यसमा आफ्नो बाल्यकालमा आमाले दिएको माया ममतालाई गीतमा जस्ताको त्यस्तै शब्द र लयमा ढालिएको छ ।

जयले यो गीतलाई आफ्ना हरेक स्टेजहरूमा गाउने गरेका छन् । ‘यो गीतबाट राम्रा धेरै प्रतिक्रिया पाएको छु’, उनले भने, ‘गीत छिट्टै यूट्यबमा राख्नेछु । टेलिभिजन र रेडियोमा भने बज्न थालेको छ ।’

Jaya Dev Kotaउनले अगाडि भने, ‘यो गीत गाउँदा स्टुडियोभित्र मेरा आँखै रसाएका थिए ।’ यो गीतको शब्द अमेरिकामा बस्दै आएका हस्त गौतम ‘मृदुल’ले लेखेका हुन् । हस्त राम्रा साहित्यकार हुन् ।

गीतसंगीतको क्षेत्रमा लाग्न आफ्नै बाबु देवराज देवकोटा र आमा देवकुमारी देवकोटाबाट हौसला पाएका जयले अहिले बाबुआमाको सिकाइलाई व्यवहारमा उतार्दै आएका छन् । उनका बाबुआमा रुकुम जिल्लाको खलङ्गा– ३, घुयलपानीमा बस्छन् । ‘मेरो घरको माहोल संगीतमय छ’, उनले भने, ‘मेरो बाबा र आमा स्वयंले पनि गाउनु हुन्छ । उहाँहरूकै प्रेरणाले म यो ठाउँसम्म आइ पुगेको हुँ ।’

विभिन्न महोत्सवहरूमा गीत गाउन पुग्ने जयलाई सुरूमा देख्दा कसैले पत्याउँदैनन् । जब उनले गाउन थाल्छन् तब उनको बास्तविकता देखिन्छ । ‘मेरो ज्यान हेरेर गाउन सक्छ भनेर कसैले भन्दैनन्’, उनले आफ्ना अनुभव सुनाउँदै भने, ‘गाउने क्षमता ज्यानमा होइन ममा छ । म स्टेजमा पुगेर गाउन थालेपछि बल्ल मेरो बास्तविक क्षमता उहाँहरूलाई थाहा हुन्छ ।’

गायक जयले दर्शक स्रोताहरूलाई नचाउन पनि सक्छन् । र रुवाउन पनि सक्छन् । यो क्षमता आफूमा रहेको उनको भनाइ छ ।

अहिलेसम्म नेपालका ११ जिल्लाबाहेकका सबै जिल्ला पुगेर महोत्सवमा गीत गाएका छन् । ‘महोत्सवहरूका क्रममा ६४ जिल्लामा पुगेर स्टेजबाट गाएको छु । दर्शक नचाएको छु । हँसाएको छु । रुवाएको पनि छु’, उनले भने, ‘यी सबै गर्न मलाई मेरै बाबुआमाबाट प्रेरणा मिलेको छ ।’

प्रस्तुतिः विमल योगी