१ कार्तिक २०८३, शनिबार

ट्रक ड्राइभरलाई अमेरिकामा फाँसी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fasi-finalमायामी (अमेरिका), २४ पुस । विभिन्न हत्यामा संलग्न भएको अभियोगमा अमेरिकी राज्य फ्लोरिडामा एक पूर्व ट्रक ड्राइभरलाई बिहीबार फाँसी दिइएको छ । त्रीपन्न बर्षीय ओस्कार रे बोलिनलाई सन् १९८६ मा तीनजना क्रमशः १७, २५ र २७ बर्षीया किशोरीहरूको हत्या गरेको अभियोग लगाइएको छ ।

अमेरिकामा बिहीबार स्थानीय समय अनुसार १० बजेर सोह« मिनेटको समयमा लेथल इन्जेक्सन दिई फाँसी दिइएको थियो । सन् २०१६ मा अमेरिकामा यो नै पहिलो फाँसीको सजाँय भएको स्थानीय जेल प्रशासनले बताएको छ ।
यसबाहेक पनि उनीमाथी अन्य केही बलात्कार र हत्याका आरोप लागेका छन् ।

बोलिनलाई यसअघि नै फाँसीको सजाँय दिन लागिएको भएपनि उनकी श्रीमती रोजालिन मार्टिनेजले सन् १९९६ मा बिबाह गरे पश्चात फाँसीको सजाँयबाट जोगाउन करीब दुई दशक सघंर्ष गर्दै आएकी थिइन् ।

अमेरिकामा सन् २०१५ मा जम्मा २८ जनालाई फाँसी दिइएको थियो भने सन् १९९१ मा सबैभन्दा कम मानिसलाई फाँसीको सजायँ भएको यहाँँको फाँसी सजायँ सुचना केन्द्रले जनाएको छ । रासस/एएफ्पी