३० आश्विन २०८३, शुक्रबार

धोनीले सन्यास लिने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ms-dhoni

एजेन्सी । भारतीय टी–२० र एकदिवसीय टोलीका कपन महेन्द्रसिंह धोनीले तत्काल सन्यास लेलान् ? धेरैमा अहिले यो जिज्ञासा पलाएको छ । तर, धोनीले अहिले नै सन्यास नलिने बताएका छन् । एक महिना लामो अस्ट्रेलिया भ्रमणका लागि सिड्नी पुगेका कप्तान धोनीले टी–२० र एकदिवसीय खेलमा अझै भविष्य बाँकी रहेको बताए । भारतले अस्ट्रेलियामा पाँच एक दिवसीय र तीन टी –२० खेल खेल्नेछ ।

अस्ट्रेलिया भ्रमणपछि भारतले घरमै आयोजना हुने टी –ट्वेन्टी विश्वकपमा सहभागिता जनाउनेछ सिड्नीमा रहेका भारतीय एजेन्सीसँग धोनीले भने, ‘म यस्तो व्यक्ति हुँ, जो वर्तमानमा मात्र सोच्ने गर्छु, भविष्यका बारेमा गर्दिनँ ।’ सन्यास लिने समय आउँदा उनले सबैलाई जानकारी दिने बताए । बंगलादेश र दक्षिण अफ्रिकाविरुद्दको सिरिजमा खराब प्रदर्शन गरेपछि धोनीले सन्यास लिने तयारी गरिरहेको समाचार टाइम्स अफ इन्डियाले सम्प्रेषण गरेको थियो । (नयाँ पत्रिकाबाट)