१ कार्तिक २०८३, शनिबार

अभिनेता सञ्जय दत्त २७ फेब्रुअरीमा जेलबाट रिहा हुँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sanjaya Dattaमुम्बई । बलिउड अभिनेता सञ्जय दत्त यही आउने २७ फेब्रुअरीमामा जेलबाट रिहा हुँदैछन् ।

हतियार बोकेको अभियोगमा जेलबाट सजाय काटेर रिहा हुन लागेका सञ्जय दत्तको अहिले पनि उत्तिकै चर्चा हुने गरेको छ । बलिउडमा सञ्जय दत्तमा अझै पनि सम्भावना रहेको बताइन्छ ।

उनका समकालीन अभिनेताहरू जेल बाहिर रहँदा पनि चर्चामा छैनन् । तर सञ्जय दत्त सधै चर्चामा रहे । जेलबाट छुट्ने दिन फिल्म निर्माताहरू सञ्जय दत्तलाई स्वागत गर्न जाने समाचारमा जनाइएको छ ।

अभिनेता सलमान खानले सञ्जय दत्तसँग आफूले पहिला भेट्ने बताएका छन् । आफ्नो पनवेलस्थित फार्म हाउसमा लगेर सञ्जय दत्तसँग केही समय बिताउने सल्मानले सुनाएका छन् ।

अभिनेत्री कंगना रनावतले पनि सञ्जय दत्त रिहा हुनेवित्तिकै खुसी साट्न पार्टी गर्ने जनाएकी छिन् । निर्माता तथा निर्देशक राजकुमार हिरानीले सञ्जयलाई लिएर फिल्म बनाउने योजना बनाएको जनाइएको छ । एजेन्सी