काठमाडौँ, २९ असार । अर्थमन्त्री डा. रामशरण महतले आइतवार व्यवस्थापिका संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको अनुमानित बजेटको स्रोत राजस्वबाट ४ खर्ब २२ अर्ब ९० करोड रुपैयाँ व्यहोर्ने उल्लेख गरिएको छ ।
त्यस्तै साँवा फिर्ता प्राप्तिबाट १ अर्ब र वैदेशिक अनुदानबाट ७३ अर्ब ३८ करोड ५९ लाख २४ हजार रुपैयाँ जुटाउने भनिएको छ । नपुग भएको रकममध्ये वैदेशिक ऋणबाट ४९ अर्ब ५२ करोड ८७ लाख ७० हजार रुपैयाँ जुटाइने अर्थमन्त्रीले बजेट भाषणका क्रममा जानकारी दिनुभयो ।
नपुग रकममध्ये ५२ अर्ब ७५ करोड आन्तरिक ऋणबाट र १८ अर्ब ५३ करोड ५३ लाख ६ हजार रुपैयाँ चालु वर्षको नगद मौज्दातबाट व्यहोरिने भएको छ ।
गत आर्थिक वर्ष सरकारले बजेट रकम राजश्वबाट ३ खर्ब ५४ अर्ब ५० करोड रुपैयाँ, साँवा फिर्ता प्राप्तीबाट ५ अर्ब ५० करोड रुपैयाँ, वैदेशिक अनुदानबाट ६९ अर्ब ५४ करोड रुपैयाँ, अपुग रकममध्ये ८७ अर्ब ७० करोड रुपैयाँ वैदेशिक ऋणबाट र बाँकी ४४ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट व्यहोर्ने लक्ष्य राखेको थियो ।
















प्रतिक्रिया