१ कार्तिक २०८३, शनिबार

उत्तर कोरियाको हाइड्रोजन बमको असर जापानमा परेन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Korea-Hydro-Bam

टोकियो, २३ पुस । उत्तर कोरियाले बुधबार गरेको हाइड्रोजन बमको विकिरणको असर जापानमा नदेखिएको बताइएको छ ।

जापानले गरेको अनुसन्धानबाट उसको क्षेत्रमा विद्यमान विकिरणको तहमा कुनै परिवर्तन भएको नपाइएको समाचारमा जनाइएको छ ।

जापान उत्तर कोरियाको छिमेकी देश भएकोले उत्तर कोरियाले गर्ने यस्ता आणविक परीक्षणका कारण निकै सम्वेदनशिल बन्ने गर्छ । यसअघि पनि उत्तर कोरियाले फ्याँकेका क्षेप्यास्त्रहरुका कारण जापानले निकै तनाव दिएको अभिव्यक्ति राख्दै आएको थियो ।

जापानको आणविक परीक्षण अनुगमनसम्बन्धी निकाय, एनआरएले बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ–उत्तर कोरियाको सो परीक्षणका कारण जापानी भूमिमा त्यस्तो कुनै परिवर्तन देखिएको छैन ।

यसअघि बुधबार मात्र प्रजातान्त्रिक जन गणतन्त्र कोरियाले पहिलो पटक हाइड्रोजन बम परीक्षण गरेको जानकारी दिएको थियो । सो देशले बुधबार उक्त परीक्षण गरेको र सो परीक्षण सफल रहेको जानकारी पनि दिएको जनाइएको छ ।

उत्तर कोरियाले बुधबार हाइड्रोजन बम सफलतापूर्वक परीक्षण गरेको भनिएको यस समाचारले विश्वव्यापीरुपमा तरङ्ग नै पैदा गरिदिएको बताइएको छ ।

यसका साथै उसको यस कदमको विश्वव्यापीरुपमा निन्दा पनि गरिएको छ । त्यस्तै छिमेकी देश दक्षिण कोरियाले यसबाट उत्पन्न हुनसक्ने सुरक्षाको प्रश्न उठाएको छ भने जापानले उत्तर कोरियाको यस कदम क्षेत्रीय शान्ति खल्बलाउने माध्यम हो भनेको छ ।

दक्षिण कोरियाले यस बम परीक्षणपछि आवश्यक कदमका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई आग्रह पनि गरेको छ । सुरक्षा परिषद्ले पनि आवश्यक कारबाहीका लागि परामर्श सुरु भएको जनाएको छ । रासस/एएफपी