काराकस (भेनेजुयला), २३ पुस । भेनेजुयलाका राष्ट्रपति निकोलास मादुरोले मन्त्रिमण्डलमा हेरफेर गर्नसक्ने कुरा यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
करिब एक दशकको अवधिमा प्रतिपक्षी दलले पहिलो पटक यहाँको राष्ट्रियसभा (कँग्रेस) मा हालै भएको निर्वाचनमा बहुमत पाएपछि राष्ट्रपति मादुरोले मन्त्रिपरिषद्मा परिवर्तन गर्न लागेको प्राप्त समाचारमा बताइएको छ ।
राष्ट्रपति मादुरोले मन्त्रिमण्डलमा गरिन लागेको हेरफेर भविष्यमा हुनसक्ने आन्दोलनलाई मध्यनजर गर्दै र नयाँ जनमत अनुसार गरिन लागेको राष्ट्रपति निकट स्रोतले जनाएको छ ।
सन् २०१३ मा राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेपछि मादुरोले मन्त्रिपरिषद्मा पटकपटक हेरफेर गरेका छन् । एपी















प्रतिक्रिया