१ कार्तिक २०८३, आइतबार

‘सभासद्लाई पाँच करोड होइन, जनतालाई संविधान देऊ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bicc

काठमाडौँ, २९ असार । आफ्नो निर्वाचन क्षेत्रको विकास गर्ने भन्दै सभासद्ले गर्दै आएको पाँच करोड रुपैंया मागप्रति विरोध दर्शाइएको छ ।

नागरिक समाजका अगुवा, विभिन्न पेसामा आबद्ध युवा तथा सामाजिकत सङ्घसंस्थाले सभासद्लाई पाँच करोड दिनुभन्दा जतिसक्दो चाँडो संविधान देओस् भन्ने माग गर्दै रत्नपार्कस्थित शान्तिवाटिकामा विरोधस्वरुप एक घण्टा धर्ना दिए ।

शान्तिका लागि साझा अभियान (कोक्याप)को अगुवाइमा बिहान ११ देखि १२ बजेसम्म धर्ना दिइएको थियो ।

सोही अवसरमा मानवअधिकारकर्मी कपिल श्रेष्ठले विकासका नाममा रु पाँच करोड माग्नुभन्दा सभासद् पदबाट नै राजीनामा दिएर व्यापारको क्षेत्रमा लाग्न सभासद्लाई सुझाव दिनुभयो ।

मानवअधिकारकर्मी चरण प्रसाईं, सुशील प्याकुरेल र गजाधर सुनार लगायतले सानातिना विकासे काममा अलमल नगरिकन निर्धारित समयभित्र जनताको संविधान जारी गर्न आग्रह गर्नुभयो ।