१ कार्तिक २०८३, शनिबार

भारतमा अब ८ रेक्टर स्केलमाथिको भूकम्प आउनसक्ने चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

India Earthquake

काठमाडौं, २२ पुस । भारतको गृहमन्त्रालयका आपतकालिन प्रबन्धन विशेषज्ञहरुले देशमा ठूलो भूकम्प आउन सक्ने चेतावनी दिएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार अब भारतमा आउने भूकम्प ८ रेक्टर स्केलभन्दा माथिको हुनेछ । भूकम्पको सबैभन्दा बढी जोखिम हिमालय क्षेत्रमा औल्याइएको छ । भारतको मणिपुरमा सोमवार गएको भूकम्पपछि भारतीय गृह मन्त्रालयका अधिकारीले यस्तो चेतावनी दिएका हुन् ।

उनीहरुले पहाडी क्षेत्रलाई अझ सम्वेदनशील भनेका छन् । जहाँ ठूला धक्का आउन सक्छ । भर्खरै मात्र मणिपुरमा गएको ६.७ रेक्टर स्केलको भूकम्प, वैशाख १२ गते नेपालमा गएको ७.८ रेक्टर स्केलको भूकम्प र सिक्किममा २०११ गएको ६.९ रेक्टर स्केलको भूकम्पले भूगर्भीय प्लेटमा उथल–पुथल ल्याउँदा पृथ्वीको प्लेट आफ्नो ठाउँबाट अन्यत्र सारेकाले अब त्यो पुरानै ठाउँमा आउन ठूलो झड्का हान्न सक्छ ।

विशेषज्ञहरुले यसैकारण ८ रेक्टर स्केलभन्दामाथि भूकम्पले भारतलाई हल्लाउने चेतावनी दिएका हुन् । यो चेतावनी गृह मन्त्रालयले अरूणाचल प्रदेशको राजधानी ईटानगरमा आयोजना गरेको ११ पहाडी राज्यको बैठकमा दिइएको हो । उनीहरुले पहाडी इलाकामा कसरी भवनहरु क्षति हुनबाट रोक्ने विषयमा पनि छलफल र सुझाव दिएका छन् ।

एनआईडीएमका निर्देशक सन्तोष कुमारले भनेका छन्– नेपाल, भूटान, म्यांमार र भारतको बीचमा प्लेट एक आपसमा जोडिएको छ । जसले अब भारत एकदमै जोखिममा छ । यसको पनि सबैभन्दा सम्वेदनशील पहाडी सहरहरु छन् । त्यसपछि बिहार, उत्तर प्रदेश र दिल्ली दोस्रो तहका जोखिमपूर्ण सहर हुन् । यी सहरहरु सिसमिक जोन ४ मा पर्छन् भने पहाडी इलाका सिसमिक जोन ५ हो । भारतको भूकम्पले नेपालमा पनि गहिरो प्रभाव पार्ने बताइएको छ । (एजेन्सीको सहयोगमा)