३० आश्विन २०८३, शुक्रबार

नेपाल स्पोर्ट्स इन्टरनेशनलले अमेरिकामा बास्केटबल प्रतियोगिता आयोजना गर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

basketball-hd-wallpapers-cool-desktop-backgrounds-800x600

– विजय थापा

वाशिंगटन डिसी । नवबर्ष २०१६ को शुभ उपलक्ष्यमा नेपाल स्पोर्ट्स एण्ड कल्चर इन्टरनेसनलको आयोजनामा म्यारिल्याण्डको गेथर्सबर्गमा शुभकामना तथा छलफल कार्यक्रम सम्पन्न भयो ।

संस्थाकी अध्यक्ष सिता पाण्डेको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो । उक्त शुभकामना तथा छलफल कार्यक्रममा अनेसासका बोर्ड अफ ट्रस्टीका सभापति ड़ा श्याम कार्की, अमेरिका नेपाल महिला संघ वाशिंगटन डिसी कि पूर्व अध्यक्ष बिष्णु कुमारी थापा, नेपालका चर्चित उशु खेलाडी चन्द्र लामा, महिला स्वयम् सेवकद्वारा संचालित नेपाली पाठशाला कि सभापति बिना खड्का लामा, साहित्यकार तथा कबि प्रकाश नेपाल, संस्थाका केमिका भण्डारी, मिलन राई लगायत अन्य व्यक्तिहरुले शुभकामना दिएका थिए ।

6_w140 उक्त कार्यक्रममा संस्थाले आगामी दिनहरुमा गरिने कार्यक्रमका बारेमा छलफल गरेको थियो । उक्त छलफल कार्यक्रम पछि आगामी मार्च २६ तथा मार्च २७ तारिखमा महिला तथा पुरुषहरुको छुट्टा छुट्टै बास्केटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

साथै मे महिनामा बृहत खेलकुद तथा संस्कृतिक सम्बन्धि सम्मेलनको समेतको आयोजना गर्न लागिएको जानकारी दिइएको छ । उक्त कार्यक्रममा म्यारिल्याण्डको गेथर्सबर्ग क्षेत्र वरपर बसोबास गर्ने नेपालीहरुको उल्लेख्य सहभागी रहेको थियो ।

आगामी मार्च र मे मा हुने खेलकुदको बिस्तृत जानकारी आगामी दिनमा गराइने जानकारी संस्थाका महासचिब बिनय अर्यालले बताए ।