२५ कार्तिक २०८३, बुधबार

सचिव पुनलाई भेट्न अध्यक्ष दाहाल र सभामुख घर्ती बैंकक जाँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal Dahal Prachandकाठमाडौं, २२ पुस । एकीकृत माओवादीका सचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन अध्यक्ष पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्ती आज बैंककतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

बिहान साढे ११ बजेको नेपाल एयरलाइन्सको बिमानबाट उहाँहरु बैंकक प्रस्थान गर्ने एमाओवादी अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ । पुन सभामुख घर्तीका पति हुनुहुन्छ ।

जन्डिसका कारण बिरामी पर्नुभएका एमाओवादी नेता पुनलाई स्वदेशमा थुप्रै उपचार गरिएको थियो । काठमाडौंमा भएका उपचारले निको नभएपछि सचिव पुनलाई भारत हुँदै बैंकक लगिएको हो ।

अध्यक्ष दाहाल सचिव पुनको स्वास्थ्य अवस्थाको जानकारी लिएर सम्भवत भोलि बिहीबार नै स्वदेश फिर्ता हुने कार्यक्रम छ ।