
भैरहवा पुस २१ । रुपन्देहीको सीमा क्षेत्रमा तेलको कालोबजारी र तस्करीलाई बन्द गर्न प्रशासनले कडा निर्देशन दिएको छ ।
जिल्लाको सीमावर्ती क्षेत्रमा पेट्रोलियम पदार्थको चोरी तस्करी खुल्लमखुल्ला भएका समाचार प्रकाशित भएपछि स्थानीय प्रशासनले यस्तो निर्देशन दिएको हो ।
सीमावर्ती क्षेत्रका संघसंस्था र नागरिक अगुवा तथा नेपाल प्रहरी र शसस्त्र प्रहरीका कमाण्डर सहितको टोलीलाई एकैसाथ निर्देशन दिर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले २४ घण्टाभित्र सीमा क्षेत्रमा भइरहेको अबैध कारोबार बन्द गर्न र कसैले घरमा पेट्रोलियम पदार्थ लुकाई राखेको भए तत्काल हटाउन निर्देशन दिएका हुन् ।
यता इलका प्रहरी कार्यलय बेलहियाका प्रमुख प्रहरी निरीक्षक अभय विक्रम शाहले जिल्ला प्रशासनको निर्देशन अनुसार सीमा क्षेत्रमा अबैध पेट्रोलियम पदार्थको कारोबारलाई पुर्णतया रोक लगाइएको जनाए ।
स्थानीय प्रशासनले पेट्रोलियम पदार्थको असहजतालाई मध्यनजर गर्दै विगत ४ महिनादेखी तेल ओसारपसारमा छुट दिएको थियो । जसको कारण रुपन्देहीका सीमावर्ति क्षेत्रमा तेलिया बजार सञ्चालन आइरहेको छ । सीमावर्ती क्षेत्रका आवसीय घरमा हजारौ लिटर पेट्रोलियम पदार्थ लुकाई छिपाई राखिएको छ । प्रहरी र शसस्त्र प्रहरीको सीमावर्ती पोस्टहरुले तेलका अबैध कारोबारीसंग मिलेर सो कारोबारलाई रात चौगुना दिन दुगुना कारोबार गराईरहेका छन् ।
सो सम्बन्धमा हामीले समाचार प्रकाशित गरेपछि स्थानीय प्रशासनले तत्काल बैठक राखी जस्तोसुकै असहजता भएता पनि पेट्रोलियम पदार्थको अबैध कारोबारलाई अब छुट नदिने निष्कर्ष निकाल्दै सोही अनुसार प्रहरी परिचालन गरेको हो ।












प्रतिक्रिया