३० आश्विन २०८३, शुक्रबार

इरानी हमलाको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Un-ban_ki-moonसंयुक्त राष्ट्रसंघ, २१ पुस । इरानमा रहेको साउदी अरेबियाको दूतावासमा भएको हमलाको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले निन्दा गरेको छ ।

इरानको तेहरानमा रहेको साउदी अरेबियाको दूतावास तथा मसादमा रहेको कन्सुलेटमा गएको शनिबार हमला भएको समाचारमा जनाइएको थियो ।

पछिल्लो समयमा यी दुई देशबीच कूटनीतिक सम्बन्धमा तिक्तता आएको छ । सो तिक्तताका कारण यी दुई देशबीचको पछिल्लो अवस्था पनि बिग्रिँदै गएको बताइएको छ ।

उक्त परिषदका सदस्यहरुले उक्त हमलाप्रति निन्दा गरेका छन् । उनीहरुले यस्तो आक्रमणको जस्तोसुकै अवस्थामा पनि निन्दा गर्नुपर्ने बताएका छन् ।

उक्त परिषदले यस्तो किसीमको आक्रमणलाई तत्कालै रोकी अन्तर्राष्ट्रिय कानुन, न्याय र कूटनीतिक सिद्धान्तको सम्मान गर्न पनि इरानलाई आग्रह गरेको छ ।

कूटनीतिक मर्यादाविपरीत गई सो हमला भएको भन्दै १५ सदस्यीय परिषदले त्यसको निन्दा गरेको जनाइएको छ ।
परिषदले सोमबार राति प्रकाशन गरेको विज्ञप्तिमा यस्ता क्रियाकलापहरुले इरानले यसअघि प्रतिबद्धता जनाएको कूटनीतिक दायराको अपमान गरेको पनि बताएको छ ।

साउदी अरेबियाले आतङ्कवादको आरोपमा ४७ जनालाई मृत्युदण्ड दिएको विषयमा यी दुई देशबीचमा तनाव उत्पन्न भएको हो ।

यसै कारण उत्पन्न भएको तनावबीच गत शनिबार इरानीहरुले साउदी अरेबियाका ती कूटनीतिक मिसनमा हमला गरेका बताइएको छ । त्यस हमलासँगै इरानले साउदी अरेबियासँग कूटनीतिक सम्बन्ध पनि एक पक्षीय रुपमा तोड्ने धम्की दिएको थियो ।
तर यस विषयमा साउदी अरेबियाको भने कुनै प्रतिक्रिया आएको छैन । रासस/एएफपी