१ कार्तिक २०८३, आइतबार

विभागीय मन्त्रीले नै प्रवेश पाएनन् दशरथ रंगशालामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-9th-Congress-Logo-600x351

काठमाडौं, २९ असार । नेकपा एमालेको मतगणनास्थल दशरथ रंगशालामा बिभागीय मन्त्रीलाई नै भित्र प्रवेश निषेध गरिएको छ ।

मतगणनास्थल खेलकुद परिषद्मा युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल झण्डवाला गाडीमा प्रवेश गर्न लाग्नु भएको थियो । तर, उहाँलाई प्रवेश नदिइएपछि उहाँ फर्किनु भएको छ । उहाँसग प्रवेश पास नभएको भन्दै उहाँलाई फर्काइउको हो ।

उहाँ केन्द्रीय कमिटी सदस्यमा खुल्ला तर्फबाट उम्मेदवार पनि हुनुहुन्छ । जानकारी अनुसार ८ बजेबाट सुरु हुने भनिएको मतगणना अझै सुरु भएको छैन ।