१३ कार्तिक २०८३, शुक्रबार

विद्यमान समस्याको राजनीतिक रुपमा छिटो समाधान गरिने: मन्त्री चौधरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

:jf:YodGqL rf}w/L–;Daf]wg lrtjgsf] /Tggu/df ;f]nf/af6 ;~rflnt 8fonfOl;; ;]jfsf] pb3f6gkl5 ;Daf]wg ub}{ :jf:YodGqL /fdhgd rf}w/L . tl:a/M gf/fo0f 9'+ufgf,/Tggu/,lrtjg,/f;;

पोखरा, २० पुस । स्वास्थ्यमन्त्री एवम् मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले देशको विद्यमान समस्याको राजनीतिक रुपमा छिटो समाधान गरिने बताउनुभएको छ ।

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले तराई मधेश आन्दोलनसम्बन्धी धेरै मागका सम्बन्धमा लगभग सहमतिमा पुगेको र सीमाङ्कनको विषयलाई राजनीतिक संयन्त्र निर्माण गरी छिट्टै टुङ्ग्याउने गरी छलफल जारी रहेको बताउनुभयो ।

उहाँले जारी समस्या चाँडै नै समाधान भई मुलुकले निकास पाउने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य क्षेत्रमा विभिन्न समस्या रहेको उल्ल्ेख गर्दै उहाँले त्यसको समग्र सुधारका लागि आफू लागेको बताउनुभयो । पछिल्ला समयमा औषधि अभावको समस्यालाई समाधान गर्न सरकार लागिपरेको बताउँदै मन्त्री चौधरीले दु्रत रुपमा बोलपत्र गरी औषधिको आपूर्ति सहज बनाउन प्रयास गरिएको छ भन्नुभयो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक पारित भएको बताउँदै उहाँले यसको विकासका लागि राजनीतिक प्रभावबाट टाढा राखेर अघि बढ्नुपर्ने बताउनुभयो । रासस