३० आश्विन २०८३, शुक्रबार

बर्दियाका ४ खेलाडी खोखोको राष्ट्रिय टिममा छनौट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khokho photo– सुदीप अधिकारी
बर्दिया, २० पुस । बर्दियाका ४ जना खेलाडी खोखो खेलको राष्ट्रिय टिममा छनौट भएका छन् ।

छनौट हुनेमा बबई नगरपालिका– २ का गोपी तिमिल्सेना, सृजना शाही, ललिता थारु र बबई नगरपालिका– ४ की करिश्मा बोगटी रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र खनालले जानकारी दिए ।

बर्दियाबाट खोखोको राष्ट्रिय टिममा छनौट हुने यी पहिला खेलाडी हुन् । फब्रुअरी महिनामा भारतमा हुने १२ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा यी खेलाडीले आफनो टिमबाट खेलमा प्रतिस्प्रर्धा गर्ने जिल्ला खोखो संघका अध्यक्ष छत्रबहादुर शाहीले बताए ।

खोखो खेलको राष्ट्रिय टिम अहिले खेलको पूर्व अभ्यासका लागि झापा पुगेको संघका अध्यक्ष शाहीले जानकारी दिए ।