रसुवा, २० पुस । जनताको संबिधान जनताकै माझमा नेपालको संबिधान २०७२ विषयक अनुशिक्षण कार्यक्रम ०७२ पुस १८ गते कालिका हिमालय क्याम्पसमा सम्पन्न भएको छ ।
जिल्ला विकास समितिको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथी सांसद जनार्दन ढकालले आफूले विनाशकारी भूकम्पमा होस् वा राम्चेको दुर्घटनामा उद्दारको काममा मरिमेटेर खटेको बताउनुभयो ।
नेपालको संबिधानमा नागरिक हक अधिकार रक्षाका निमित्त प्रशस्त अधिकार भएको बताउँदै समय सापेक्ष संबिधान संसोधन हुने बताउनुभयो । मुलुकमा बिधोरध मात्र नभई सकरात्मक प्रतिपक्षको आवश्यक परेकोले बिपक्ष र बिरोधको लाईनमा उभिएर संबिधान कार्यान्वयनमा सवैले सहयोग गर्न आवश्यक रहेको बताउनुभयो ।
ब्यक्ति, पार्टी सरकार बिरोधी गतिबिधीले कसैलाई पनि हित नगर्ने बताउँदै आफुले सदैव जिल्लावासीको हक, हित र अधिकार रक्षाका जस्तोसुकै परिस्थिती मा पनि लडिरहेको र लागिरहेको बताउँनुभयो । बिपक्षीहरुले लगाएका लाञ्छनाका भ्रममा नपर्न पनि सांसद ढकालले अनुरोध गर्नुभयो ।
कार्यक्रममा सांसद छोवाङ तामाङ, प्रमुख जिल्ला अधिकारी शिबराम गेलाल, नेकपा एमालेका अध्यक्ष कन्र्याल तामाङ, नेपाली काँग्रेसका युवा नेता जनक जीवन उपाध्याय , एनेकपा माओवादीका मेघनाथ घिमिरे, नेकपाका शिब लामिछाने नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङल, जिल्ला ईन्जिनियर मलनमोहनलाल श्रेष्ठगायतका बक्ताले आफ्नो धारणा ब्यक्त गरेका थिए ।












प्रतिक्रिया